• १४ असोज २०८३, बुधबार
  • १ः५८ राती

बचतपत्रको साँवा–ब्याज तत्काल लिन राष्ट्र बैंकको आग्रह

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ११:२१

१६ चैत,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।

National Life

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका केही धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भइसकेको रकम अझै भुक्तानी नलिएको जनाएको छ।

विभागले सम्बन्धित सबै बचतपत्रधनीलाई आवश्यक कागजातसहित उपस्थित भई आफ्नो साँवा तथा आर्जित ब्याज रकम लिन अनुरोध गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया