• १३ असोज २०८३, मंगलबार
  • १ः२० दिउँसो

पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना, शिक्षण अस्पतालमा उपचार जारी

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ११:५१

१६ चैत,२०८२ काठमाडौं – पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका उनलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना गरिएको हो।

National Life

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो। गएराति करिब साढे १२ बजे बान्ता भएपछि उनलाई सुरुमा नर्भिक अस्पताल लगिएको थियो।

निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो। हाल उनलाई शिक्षण अस्पतालमा राखी उपचार भइरहेको विभागका एक अधिकारीले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको छ।

प्रतिकृया