• १७ असोज २०८३, शनिबार
  • ३ः१६ राती

ओली पक्राउविरुद्ध एमाले प्रदर्शनमा प्रहरीसँग झडप

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०४:४१

१५ चैत,२०८२ काठमाडौं – अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राजधानी काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा मंगलबार प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेको हो।

National Life

एमालेका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरिरहँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ। प्रदर्शनका कारण केहीबेर सो क्षेत्रको यातायात र जनजीवन प्रभावित भएको थियो।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको दमनको विषय उठाउँदै एमालेले देशभर विरोध कार्यक्रम गरिरहेको छ। सो क्रममा एमालेका जनवर्गीय संगठनहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र समेत बुझाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध भएका कदमलाई लिएर पक्राउपछि एमालेले चरणबद्ध विरोध कार्यक्रम अघि बढाएको हो।

प्रतिकृया