• १७ असोज २०८३, शनिबार
  • ३ः१७ राती

यस्तो छ पूर्वमन्त्री खड्का पक्राउ कारण

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ११:१९

१५ चैत,२०८२ काठमाडौं – दीपक खड्का निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानकै सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो।

National Life

गृहमन्त्री सुधन गुरुङका अनुसार २४ भदौको आन्दोलनका क्रममा खड्काको निवासबाट बरामद भएको रकमबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड र आगजनी भएपछि जलेका नेपाली तथा विदेशी नोटका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। कतिपय सग्ला नोटहरू समेत लगिएको देखिएको थियो।

घटनापछि विभागले जलेका नोटका टुक्रा र खरानी संकलन गर्दै अनुसन्धान अघि बढाएको छ। अहिले सोही प्रकरणमा थप छानबिन जारी रहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया