रमेश लेखक अदालतमा हाजिर
प्रकाशित मिति
२०८२ चैत्र १५ गते, आईतवार १०:५६
१५ चैत,२०८२ काठमाडौं – केपी शर्मा ओली र रमेश लेखकलाई जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। शनिबार सार्वजनिक बिदा भएकाले लेखकलाई आज अदालतमा पेश गरिएको हो भने ओलीलाई पनि आजै अदालत उपस्थित गराइँदैछ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने २ हजार ४ सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। त्यस क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय तथा विभिन्न निजी सम्पत्तिमा समेत आगजनी, तोडफोड र लुटपाट भएको थियो।
घटनाबारे जाँचबुझ गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित जिम्मेवार पदाधिकारीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ।
प्रहरीले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि नियन्त्रणमा लिएका उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो। लेखकलाई प्रहरी हिरासतमा राखिएको छ भने ओलीलाई स्वास्थ्य परीक्षणपछि अस्पतालमा भर्ना गरिएको जनाइएको छ।








प्रतिकृया