• १७ असोज २०८३, शनिबार
  • ५ः१३ बिहान

केपी ओली पक्राउपछि एमालेको आपतकालीन बैठक जारी

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०९:५६

१४ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न सचिवालय बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारीसहित समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।

National Life

पार्टीले अध्यक्षको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदम भन्दै विरोधमा उत्रिने तयारी गरेको छ। यसैबीच, काठमाडौंमा केही कार्यकर्ताहरूले विरोध प्रदर्शन सुरु गरिसकेका छन्।

एमाले सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठकपछि केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूसँग पनि छलफल गरिनेछ। त्यसपछि विरोधका कार्यक्रम र त्यसको स्वरूप तय गरिने उनले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीले यस घटनालाई गम्भीर रूपमा लिँदै थप रणनीति तय गर्ने जनाएको छ।

प्रतिकृया