• ४ साउन २०८३, सोमबार
  • ७:३७ बेलुका

पहिलो मन्त्रिपरिषद् बैठक सुरु

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०४:२६

१३ चैत,२०८२ काठमाडौं – नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा केहीबेरअघिदेखि बैठक जारी रहेको हो।

पदभार ग्रहण सकेपछि मन्त्रीहरू बैठकका लागि धमाधम कार्यालय पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए।

Kamana Sewa

सबै मन्त्रीहरूले सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्। सरकारका महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिने तयारी रहेको बताइएको छ। यद्यपि, धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणका क्रममा पहिलो निर्णय भने गरेका छैनन्।

Classic Tech Desktop

प्रतिकृया