• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

नरेन्द्र मोदी द्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्यमा जोड

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०२:५८

१३ चैत,२०८२ काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। शुक्रबार फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै मोदीले बालेनको नियुक्ति नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्।

मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन बालेनसँग मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन्। उनले दुवै देशबीचको मित्रता र सहकार्यलाई पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Kamana Sewa

प्रतिकृया