बालेन क्याबिनेटमा बागमती प्रदेशको वर्चस्व, ५ मन्त्री नियुक्त
प्रकाशित मिति
२०८२ चैत्र १३ गते, शुक्रबार ०१:०७
१३ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री तथा बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा बागमती प्रदेशबाट ५ जना मन्त्री नियुक्त भएका छन्। अधिकांश मन्त्री काठमाडौँका रहेका छन् भने नुवाकोट र चितवनबाट पनि प्रतिनिधित्व रहेको छ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा विराजभक्त श्रेष्ठ, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, सञ्चार मन्त्रीमा विक्रम तिमल्सिना र कानुन मन्त्रीमा सोबिता गौतम नियुक्त भएका छन्।
काठमाडौँ–५, ६ र ८ बाट ३ जना, चितवन–३ र नुवाकोट–१ बाट १/१ जना मन्त्री बनेका छन्। काठमाडौँका क्षेत्रहरूबाट प्रतिनिधित्व भएका मन्त्रीहरूमा उर्जा, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी प्रमुख रहेका छन्।
शिशिर खनाल यसअघि शिक्षा मन्त्री रहिसकेका अनुभवी नेता हुन् भने विक्रम तिमल्सिना सञ्चार क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्व हुन्। विराजभक्त श्रेष्ठले यसअघि पनि मन्त्रीको रूपमा काम गरिसकेका छन् भने सोबिता गौतमले कानुन क्षेत्रमा सुधारको लक्ष्य राखेकी छन्।
बागमती प्रदेशबाट आएको यो प्रतिनिधित्वले नयाँ सरकारमा क्षेत्रीय सन्तुलन र नेतृत्व क्षमताको झल्को दिएको बताइएको छ।







प्रतिकृया