नवनियुक्त मन्त्रीहरूले लिए शपथ
प्रकाशित मिति
२०८२ चैत्र १३ गते, शुक्रबार १२:५३
१३ चैत,२०८२ काठमाडौं – नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवास मा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए। समारोहमा बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन समेत गरिएको थियो।
मन्त्रिपरिषद् अनुसार प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले लाई दिइएको छ भने गृह मन्त्रालय सुदन गुरूङ ले सम्हालेका छन्।
त्यस्तै शिशिर खनाल (परराष्ट्र), सुनिल लम्साल (भौतिक पूर्वाधार तथा यातायात), विराजभक्त श्रेष्ठ (ऊर्जा), खड्कराज पौडेल (पर्यटन), सस्मित पोखरेल (शिक्षा तथा खेलकुद), निशा मेहता (स्वास्थ्य), विक्रम तिमिल्सिना (सञ्चार) मन्त्री बनेका छन्।
साथै प्रतिभा रावल (सामान्य प्रशासन), दीपक साह (श्रम), सोबिता गौतम (कानुन), र सीता वादी (महिला तथा बालबालिका) मन्त्री बनेका छन्।
नयाँ सरकार गठनसँगै काम अघि बढ्ने अपेक्षा गरिएको छ।







प्रतिकृया