• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

बालेनको क्याबिनेटमा कसले कुन मन्त्रालय सम्हाल्ने?

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार १०:४३

१३ चैत,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले सरकार गठनसँगै केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार स्वर्णिम वाग्ले लाई अर्थमन्त्री बनाउने निर्णय भएको छ भने शिशिर खनाल लाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

त्यस्तै विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री, सुदन गुरूङ गृहमन्त्री र प्रतिभा रावल लाई कृषि तथा सामान्य प्रशासन मन्त्री बनाउने निर्णय गरिएको छ। यसैगरी अमरेश सिंह उद्योग मन्त्री, सोबिता गौतम कानुन मन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बन्ने भएका छन्।

Kamana Sewa

अन्य मन्त्रीहरूको नाम पनि टुंगो लगाउने क्रम जारी रहेको बताइएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले वरिष्ठ नेता बालेन शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्।

Classic Tech Desktop

प्रतिकृया