• १९ असोज २०८३, सोमबार
  • ७ः५४ बेलुका

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्दै

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ११:१९

११ चैत,२०८२ काठमाडौं- नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम उठाउन लागेको हो।

National Life

यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकिएको छ। बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने अधिकतम रकम पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ।

निक्षेप संकलन प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। यस उपकरणको सावाँ तथा ब्याज भुक्तानी बैशाख २ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकका अनुसार ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ र बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको छ। यस निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

प्रतिकृया