सबैलाई समेटेर महाधिवेशनमा जानुपर्ने गगन थापाको जोड
प्रकाशित मिति
२०८२ चैत्र १० गते, मंगलवार ०२:४१
१० चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सम्पूर्ण पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशनको प्रक्रिया आफूले अघि बढाइसकेको र अब त्यसलाई रोक्न नसकिने जिकिर गरे। “मैले सभापतिको रुपमा गाडी हाँकेको छु, अब यो गाडी रोकिन्न,” थापाले भने।
उनले विशेष महाधिवेशनका सन्दर्भमा को सहभागी भयो वा भएन भन्ने विषयलाई अब मुद्दा नबनाउन आग्रह गरे। “विशिष्ट परिस्थितिमा विशेष महाधिवेशन भयो, नयाँ नेतृत्व आयो र हामी निर्वाचनमा गयौं। अब कसले भाग लियो, कसले लिएन भन्ने कुरा सकिएको विषय हो,” उनले स्पष्ट पारे।

सभापति थापाले महाधिवेशनमा कसैप्रति पूर्वाग्रह नराखी सबैलाई सहभागी गराएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए। उनले उपसभापतिलगायत नेताहरूसँग पनि पार्टी एकता कायम गर्दै महाधिवेशन सफल बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए।





प्रतिकृया