गगन थापाले राजीनामा हतार वा दबाबमा नभएको पारे प्रष्ट
प्रकाशित मिति
२०८२ चैत्र १० गते, मंगलवार ०२:०३
१० चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफूले राजीनामा दिने निर्णय हतारमा वा दबाबमा नभएको प्रष्ट पारेका छन्।मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको विधानअनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गरेको जानकारी गराए।
थापाले भने, “फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर मैले उपसभापति शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ। नेपाली कांग्रेसको विधानअनुसार सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष पेश गर्नुपर्छ र उपसभापतिले त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्छ।”
उहाँले राजीनामा कुनै दबाब वा ग्लानीको कारणले नभई जवाफदेहीताको हिसाबले दिएको पनि उल्लेख गरे। “मैले कुनै हतारो वा हतास भएर राजीनामा दिएको छैन। विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं, त्यसैले परिणामको जिम्मेवारी लिएर यो निर्णयमा पुगेको हुँ,” थापाले बताए।
थापाले विशेष महाधिवेशन गर्दा कमजोरी हुने डर वा दबाबले आफ्नो निर्णयमा असर नगरेको समेत स्पष्ट पारे। “विशेष महाधिवेशन गरेर कमजोरी गर्यौं कि भन्ने बारेमा अलमलिएर निर्णयमा पुगेको होइन र कुनै दबाबबाट पनि होइन,” उनले भने।








प्रतिकृया