• ५ साउन २०८३, मंगलबार
  • ११:१८ बिहान

उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार ०४:४६

९ चैत,२०८२ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहले आफ्नो प्यानल सार्वजनिक गरेको छ। सोमबार आयोजित कार्यक्रममा समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको हो।

प्यानल अनुसार, वस्तुगत संघतर्फ उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरे, एसोसिएटतर्फ उपाध्यक्षमा प्रवल जंग पाण्डे, तथा जिल्ला–नगरतर्फ उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।

Kamana Sewa

वस्तुगत संघतर्फ कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे र संघर्ष विष्ट लगायत रहेका छन्।

Classic Tech Desktop

उक्त प्यानललाई आगामी कार्यकालका लागि अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको जनाइएको छ। महासंघको निर्वाचन यही चैत ३० गते हुने तय भएको छ भने निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ।

प्रतिकृया