एमाले रूपान्तरणका लागि सुझाव माग्दै योगेश भट्टराई
प्रकाशित मिति
२०८२ चैत्र ९ गते, सोमबार ०८:५८
काठमाडौं — योगेश भट्टराईले पार्टी रूपान्तरणका लागि सुझाव माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव भट्टराईले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले गम्भीर आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
सामाजिक सञ्जालमार्फत नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग अपिल जारी गर्दै उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको बताएका छन्। उनले वस्तुनिष्ठ समीक्षा अनिवार्य भएको उल्लेख गरेका छन्।

“फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नु पर्दछ। समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ,” भट्टराईले लेखेका छन्।

उनले समीक्षा आग्रह वा पक्षपातभन्दा माथि उठेर हुनुपर्नेमा जोड दिएका छन्। साथै, पार्टीलाई सशक्त बनाउन सबै पक्षबाट प्राप्त सुझावलाई आधार मानेर अघि बढ्नुपर्ने बताएका छन्।




प्रतिकृया