• १ असोज २०८३, बिहीबार
  • १२ः१८ दिउँसो

८ महिनामा २८ अर्ब बढीको धानचामल आयात, समग्र आयात घट्दा तयारी चामल बढ्यो

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०७:११

८ चैत,२०८२ काठमाडौं-  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले २८ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ६७ हजार ९ सय ३० टन धानचामल आयात भएको हो।

National Life

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने २९ अर्ब ७ करोड ५९ लाख रुपैयाँ बराबरको ५ लाख ९१ हजार १ सय ८२ टन आयात भएको थियो। यसअनुसार चालु वर्ष समग्र आयात करिब ७८ करोड रुपैयाँले घटेको देखिन्छ।

तथ्यांकअनुसार धान आयातमा उल्लेखनीय गिरावट आएको छ। गत वर्ष १६ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ बराबरको ४ लाख ३६ हजार टन धान आयात भएकोमा चालु वर्ष घटेर १४ अर्ब १४ करोड ५१ लाख रुपैयाँ बराबरको ३ लाख ८४ हजार टनमा सीमित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता तयारी चामल (बासमती तथा अन्य) को आयात भने बढ्दो क्रममा छ। गत वर्ष १२ अर्ब ३२ करोड रुपैयाँ बराबरको १ लाख ५४ हजार टन चामल आयात भएकोमा चालु वर्ष बढेर १३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार ८ सय ४० टन पुगेको छ। यसमध्ये ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको बासमती र ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको अन्य चामल रहेको छ। यस अवधिमा कनिकाको आयातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ। गत वर्ष ३ करोड २६ लाख रुपैयाँ बराबरको ८ सय १४ टन कनिका आयात भएकोमा चालु वर्ष यो बढेर २८ करोड ५९ लाख रुपैयाँ बराबरको ६ हजार ९ सय ६३ टन पुगेको छ।

त्यस्तै, धानको बिउ आयातमा पनि सामान्य वृद्धि भएको छ। गत वर्ष ७ करोड ८९ लाख रुपैयाँ बराबरको १ सय ८० टन बिउ आयात भएकोमा चालु वर्ष १० करोड ३२ लाख रुपैयाँ बराबरको २ सय ७७ टन पुगेको छ।

प्रतिकृया