• ३१ भदौ २०८३, बुधबार
  • ९ः५५ राती

हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाको राजीनामा

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०७:२३

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन्। गोल्छाले फागुन २५ गते दिएको राजीनामा कम्पनीले चैत ५ गते स्वीकृत गरेको जनाएको छ।

National Life

गोल्छा अर्गनाइजेसन अन्तर्गतको हायर पर्चेच कम्पनी हुलास फिनसर्भको व्यवसायमा सक्रिय हुनुपर्ने भएकाले उनले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ। हुलास फिनसर्भले ७४ करोड ७६ लाख १३ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरिरहेको छ। सोही प्रक्रियामा व्यस्त हुनुपर्ने भएपछि गोल्छाले पद छाडेको स्रोतले जनाएको छ।

शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्। हिमालयन रि–इन्स्योरेन्समा आवद्ध हुनुअघि उनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक थिए। हाल युनियन लाइफसहित तीन कम्पनी गाभिएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया