• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

याम्बालिङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ खुला

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार १२:१९

८ चैत,२०८२ काठमाडौं- याम्बालिङ्ग हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमा ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। आईपीओमा सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा–१, २, ३, ४, ५, ६ र ७ का बासिन्दाले आवेदन दिन सक्नेछन्।

Kamana Sewa

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ करोड १० लाख रुपैयाँ बराबरको २ लाख १० हजार कित्ता सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन्।

Classic Tech Desktop

आईपीओमा आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले १० देखि २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्। माग अनुसार आवेदन नपरेमा २०८३ बैशाख ७ गतेसम्म आवेदन खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् र माग अनुसार नपरेमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, इच्छुक स्थानीय बासिन्दाले आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया