• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु, चार घाइते

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार १२:०५

८ चैत,२०८२ काठमाडौं- ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो।

National Life

पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्। गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया