• १८ असोज २०८३, आइतबार
  • ८ः५८ बिहान

इरान युद्धको असर : विश्वका विमान सेवा कम्पनीलाई ५३ अर्ब डलरको क्षति

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ११:५६

८ चैत,२०८२ काठमाडौं- इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक धक्का पुगेको छ। एक अध्ययन अनुसार २० प्रमुख सूचीकृत विमान सेवा कम्पनीहरूको कुल बजार मूल्य करिब ५३ अर्ब डलरले घटेको छ।

National Life

युद्धका कारण मध्यपूर्वका विभिन्न देशमा व्यावसायिक उडानहरू प्रभावित भएका छन् भने कतिपय स्थानमा उडान नै बन्द गर्नुपरेको छ। यसले कम्पनीहरूको आम्दानीमा प्रत्यक्ष असर पारेको छ।

त्यस्तै, विमान इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ। विमान सेवाको खर्चमा ठूलो हिस्सा ओगट्ने इन्धनको मूल्य युद्ध सुरु भएपछि झन्डै दोब्बर पुगेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

इन्धन महँगो भएसँगै आगामी दिनमा हवाई टिकटको भाडा बढ्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।

प्रतिकृया