• १३ असोज २०८३, मंगलबार
  • २ः४६ दिउँसो

प्रधानमन्त्री सुशीला काकीद्वारा जानकी मन्दिरको दर्शन

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ०१:०७

६ चैत,२०८२ जनकपुरधाम — प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणको क्रममा शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन तथा पूजा अर्चना गरेकी छन्।

National Life

प्रधानमन्त्री कार्कीले मन्दिर परिसरमा रहेको सीता–राम मन्दिरमा पनि दर्शन गरी कीर्तनमा सहभागी भएकी थिइन्। दर्शनपछि उनले शान्ति महसुस भएको संक्षिप्त प्रतिक्रिया दिइन्।

यसअघि, प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका निभाउने कर्मचारी, सुरक्षाकर्मी र स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुगेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया