• १३ असोज २०८३, मंगलबार
  • १ः४३ दिउँसो

रक्षा बममाथि दुव्र्यवहार, नेपाल जेनजी फ्रन्टले गर्‍यो घोर भत्र्सना (विज्ञप्तिसहित)

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार १२:४०

६ चैत,२०८२ काठमाडौं- नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बम माथि भएको दुव्र्यवहारको विरोध जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले यो घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

National Life

फ्रन्टले भनेको छ कि “बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा संयोजक बममाथि भएको दुव्र्यवहार घोर भत्र्सना योग्य छ। संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने र विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। यस्तो आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा सह्य हुन सक्दैन।”

भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

फ्रन्टले भनेको छ कि आन्दोलनकारीमाथि भएको दुव्र्यवहारले आन्दोलनलाई कमजोर बनाउन सक्छ, र यस प्रकारको घटनाले शान्तिपूर्ण आन्दोलनको उद्देश्यमा बाधा पुर्‍याउनेछ।

प्रतिकृया