• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

रवि लामिछानेसम्बन्धी रिटमा आज पनि सुनुवाइ

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०९:४१

३ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।

उक्त रिट आइतबार र सोमबार ‘हेर्दा–हेर्दै’ मा राखिएको थियो। सोमबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासमा रिट निवेदक तथा सरकारी वकिलको बहस भएको थियो। बहस नसकिएपछि मुद्दा पुनः हेर्दा–हेर्दैमा राखिएको हो।

Kamana Sewa

अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतले महान्यायाधिवक्ताको कार्यालय को अभियोग संशोधन गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई विपक्षी बनाइएको छ।

Classic Tech Desktop

रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग कमजोर नबनाउन तथा कानुनी प्रक्रियामा कुनै अवरोध नहोस् भन्ने मागसहित परमादेश जारी गर्न अदालतसँग आग्रह गरेका छन्।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय ले गत पुस ३० गते लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले आसन्न निर्वाचनमा उम्मेदवारी दिन तथा निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्न बाटो खुल्ने अवस्था बनेको बताइएको छ।

प्रतिकृया