• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०९:३३

३ चैत,२०८२ काठमाडौं- शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड गरिएको छ। आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले चैत ३ गते शेयर बाँडफाँड गरेको हो।

कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट पुस १६ गते अनुमति पाएको थियो।

Kamana Sewa

अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा माघ ६ देखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली र माघ २० गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको थियो। त्यसपछि दोस्रो चरणमा सामूहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिएको थियो।

Classic Tech Desktop

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको थियो। उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

बिक्री अवधिभर २६ लाख ८७ हजार ३४७ जनाबाट आवेदन परेकोमा २६ लाख ५० हजार ८४७ जनाको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि दिएको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ। यसक्रममा ३६ हजार ५०० जनाको आवेदन रद्द भएको छ।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा १ लाख ८४ हजार २६० जना आवेदकले १०/१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदकको हात रित्तिएको छ।

प्रतिकृया