• १४ असोज २०८३, बुधबार
  • ३ः३९ राती

रास्वपाको सांसद अभिमुखीकरण आजदेखि, कार्यक्रममा मोबाइल फोन निषेध

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०९:२६

 ३ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु गरेको छ। कार्यक्रम आज र भोलि दुई दिन सञ्चालन हुने जनाइएको छ।

National Life

पार्टीका प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई लक्षित गरेर आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिए।

कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, आचारसंहिता र पार्टीको नीतिबारे प्रशिक्षण दिइने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रमको समापन सत्रमा मात्रै पार्टी सभापति रवि लामिछाने सहभागी हुने जनाइएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सिट हासिल गरेको थियो।

प्रतिकृया