• १९ असोज २०८३, सोमबार
  • १०ः४४ बिहान

एमालेको समानुपातिक सांसद को-को ? बन्दसूचीबाट नाम छनोट हुँदै

प्रकाशित मिति

२०८२ फाल्गुन ३० गते, शनिबार ०८:०९

३० फाल्गुन,२०८२ काठमाडौं-  निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सकिएपछि दलहरूले पाएको मतका आधारमा सिट संख्या निर्धारण गर्दै बन्दसूचीबाट नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गरेको छ। आयोगले थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दललाई पाएको मतका आधारमा क्लस्टरअनुसार सांसदहरूको नामावली पठाउन बिहीबार पत्राचार गरेपछि दलहरू बन्दसूचीमा रहेका नामहरूबाट छनोट गर्ने काममा व्यस्त भएका छन्।

National Life

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले १४ लाख ५३ हजार ४०८ मत पाएको छ। उक्त मतका आधारमा एमालेले १६ सिट पाउने भएको छ। पार्टीले ती सांसदहरूको नामावली तयार गरी आइतबारसम्म आयोगमा बुझाउने तयारी गरिरहेको बताइएको छ। एमालेका एक नेताका अनुसार आयोगले दिएको समयसीमाभित्रै सूची बुझाउने गरी क्लस्टर मिलाउँदै नाम छान्ने काम भइरहेको छ। समानुपातिकतर्फ प्राप्त १६ सिटमध्ये संविधानअनुसार कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने भएकाले त्यसअनुसार क्लस्टर मिलाइँदै छ।

प्रत्यक्षतर्फ एमालेबाट एक जना पनि महिला निर्वाचित नभएकाले समानुपातिकतर्फबाट कम्तीमा नौ जना महिला पठाउनुपर्ने अवस्था बनेको छ। त्यसअनुसार आदिवासी जनजाति, खस आर्य, मुस्लिम, थारु, मधेशी, दलित र पिछडिएको क्षेत्रका क्लस्टर समेटेर नाम चयन गरिँदै छ।

Classic Tech Mobile
Classic Tech Desktop

महिला तर्फ बन्दसूचीमा रहेका भूमीका लिम्बू सुब्बा (आदिवासी जनजाति), पद्मा अर्याल (खस आर्य), एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), विष्णुमाया विक (दलित), मञ्जुकुमारी चौधरी (थारु), रिगंला यादव (मधेशी) र साजिदा खातुन सिद्दिकी (मुस्लिम) को नाम लगभग निश्चितजस्तै देखिएको छ। महिला क्लस्टरबाट थप एक जनाको नाम समेटिने बताइएको छ।

यस्तै पुरुषतर्फ सोनाम छिरिङ लामा (पिछडिएको क्षेत्र), रामबहादुर थापा (आदिवासी जनजाति), गुरुप्रसाद बराल (खस आर्य), जितबहादुर दर्जी गौतम (दलित), कृपाराम राना (थारु), चन्द्रश्वर मण्डल (मधेशी) र एजाज आलम (मुस्लिम) को नाम क्लस्टरअनुसार समावेश हुने देखिएको छ।

यसका साथै थप एक जना महिला जुनसुकै क्लस्टरबाट पठाउन सकिने भएकाले त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ।

प्रतिकृया