• १४ असोज २०८३, बुधबार
  • १ः०५ राती

एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:५५

पोखरा- नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार कास्कीमा आयोजित निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा उनी अचानक ढलेका थिए।

National Life

बैठकका क्रममा अचानक अस्वस्थ भई ढलेका थापालाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनलाई हृदयघात भएको पुष्टि भएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

थापाको निधनसँगै एमाले वृत्त तथा कास्कीमा शोकको वातावरण बनेको छ।

प्रतिकृया