• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज  बिदाई

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०२:२४

२८ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाई गरिएको छ। निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको छ भने देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित ७७ वटै जिल्लाबाट उनीहरूको बिदाई गरिएको हो।

यस वर्ष निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

Kamana Sewa

निर्वाचन प्रहरीलाई ४० दिन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब दिएको छ। साथै, रासन तथा आवत–जावतका लागि ८४६ रुपैयाँ तयारी खर्च प्रदान गरिएको छ। उनीहरूले चार दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च पनि पाएका छन् भने पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ।

Classic Tech Desktop

प्रतिकृया