• १४ असोज २०८३, बुधबार
  • १२ः२५ राती

शेयर बजारमा भारी गिरावट, सोमबारको उत्साह पल्कै हरायो

प्रकाशित मिति

२०८२ फाल्गुन २६ गते, मंगलवार ११:१८

२६ फाल्गुन,२०८२ काठमाडौं- मंगलबार शेयर बजार आज भारी अंकले ओरालो लागेको छ। सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज राताम्य अंक देखिएको हो।

National Life

निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बजार करिब ३ मिनेटमै बन्द भएको थियो। त्यस दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधि सभामा बहुमत नजिक पुग्ने खबरले बजारमा उत्साह देखा परेको थियो।

तर, सो उत्साह एक दिन पनि टिक्न सकेन र आज शेयर बजारमा गिरावट देखिनु निराशाजनक बन्यो। लगानीकर्ताबीच अस्थिरता र बजारको उतार–चढावले आज बजार राताम्य भएको विश्लेषकहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया