• १५ असोज २०८३, बिहीबार
  • ३ः४९ राती

सुदूरपश्चिममा २०६ उम्मेदवारमध्ये १४४ को जमानत जफत

प्रकाशित मिति

२०८२ फाल्गुन २६ गते, मंगलवार १२:३१

सुदूरपश्चिम प्रदेश- सुदूरपश्चिममा प्रतिनिधि सभा निर्वाचनमा उठेका २०६ उम्मेदवारमध्ये १४४ जनाको जमानत जफत भएको छ। प्रदेशका नौ वटै जिल्लाका १६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आवश्यक मत नपाउँदा उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

National Life

जिल्लागत विवरण अनुसार:

  • कैलाली – ७५ उम्मेदवारमध्ये ५८ को जमानत जफत
  • कञ्चनपुर – ५५ उम्मेदवारमध्ये ४२ को जमानत जफत
  • डडेल्धुरा – १३ उम्मेदवारमध्ये ९ को जमानत जफत
  • बैतडी – ११ उम्मेदवारमध्ये ६ को जमानत जफत
  • दार्चुला – ११ उम्मेदवारमध्ये ७ को जमानत जफत
  • डोटी – ९ उम्मेदवारमध्ये ५ को जमानत जफत
  • बझाङ – ७ उम्मेदवारमध्ये ३ को जमानत जफत
  • अछाम–१ – ८ उम्मेदवारमध्ये ५ को जमानत जफत
  • बाजुरा – ८ उम्मेदवारमध्ये ४ को जमानत जफत

निर्वाचन कार्यालयका अनुसार उम्मेदवारहरूले न्यूनतम आवश्यक मत २ हजार कटाउन नसक्दा जमानत जफत भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया