• १९ असोज २०८३, सोमबार
  • १२ः१९ दिउँसो

चितवन–३ मा रास्वपाकी सोविता गौतम सर्वाधिक मतसहित विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०२:५२

२३ फाल्गुन,२०८२चितवन- चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छिन्। अन्तिम मत परिणाम अनुसार गौतमले ५९,२७७ मत प्राप्त गर्दै अहिलेसम्मकै सर्वाधिक मतको जित हासिल गरेकी छन्।

National Life

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले २०,६१५ मत पाएकी छन्। गौतम र दाहालबीच मतान्तर ३८,६६२ मत रहेको छ। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै रेनु दाहालले सोवितालाई बधाई दिँदै जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।

यसैगरी, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ (८,३४४ मत) र नेकपा एमालेका शंकरराज थपलिया (५,०४ मत) को जमानत जफत भएको छ। पछिल्लो निर्वाचनमा २०७९ मा रास्वपाकी विक्रम पाण्डेले ३४ हजारभन्दा बढी मत ल्याएर विजयी भएकी थिइन्, तर यसपटक रास्वपाकी दीपक थापा मगरले मात्र १,२२६ मत प्राप्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया