चितवन–३ मा हार स्वीकार गर्दै रेनु दाहालले सोविता गौतमलाई दिइन् शुभकामना
प्रकाशित मिति
२०८२ फाल्गुन २३ गते, शनिबार ०२:३३
२३ फाल्गुन,२०८२ चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा की उम्मेदवार रेनु दाहाल ले प्रतिनिधिसभा निर्वाचनमा हार स्वीकार गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जनताको विश्वासका लागि आभार व्यक्त गर्दै भनिन् कि आफूले कामद्वारा जनताको मन जित्न सकिन् तर मत जित्न नसकिने भएको छ।
दाहालले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख गर्दै, निर्वाचनमा विजयी भएकी सोविता गौतम लाई बधाई दिइन्। उनले चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गर्दै आगामी दिनमा जनताको खुसी, विकास र समृद्धिका लागि शुभकामना दिइन्।
उनी चुनावी अभियानमा सक्रिय रहेका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि आभार प्रकट गर्दै चितवनबासीको हकहित, विकास र समृद्धिका लागि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।








प्रतिकृया