• १९ असोज २०८३, सोमबार
  • २ः५५ दिउँसो

मनाङ–१ मा टेक बहादुर गुरुङ विजयी, तर शपथ लिन नपाउने

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०८:२७

मनाङ- मनाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङले २,४१५ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेकपाकी यशोदा सुवेदी,ले ४४६ मत पाएकी छन्।

National Life

तर, गुरुङले विजयी भए पनि संसदको शपथ लिन पाउने छैनन्। विशेष अदालतले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको थियो।

२०७९ फागुन १५ मा अदालतले उनलाई एक करोड २१ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने फैसला सुनाएको थियो। हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया