• २० असोज २०८३, मंगलबार
  • ३ः०२ दिउँसो

मुस्ताङबाट खाता खोल्यो कांग्रेसले,योगेश गौचन थकाली निर्वाचित

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०१:४८

मुस्ताङ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। उनले तीन हजार ३०७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै निर्वाचन जितेका हुन्।

National Life

एमालेका विष्टले एक हजार ८०३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी का कमला लालचन १६१ मत, नेपाली कम्युनिष्ट पार्टी का ङुटुक गुरुङ टाइगर १५१ मत, उज्यालो नेपाल पार्टी का डा सुरेन्द्र शेरचन ८५ मत, आम जनता पार्टी का अजय विक ९ मत, र मङ्गोल नेशनल अर्गानाइजेशन का यमबहादुर गुरुङले ३ मत प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेका थिए, जसमा १ हजार २९८ मत खसेका थिए। यो ९५.४७ प्रतिशत उपस्थिति हो। कुल मतमध्ये १०७ मत बदर भएका छन्।

प्रतिकृया