• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

बागलुङको कारागार केन्द्रमा सकियो मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १२:२७

२१ फाल्गुन,२०८२ बागलुङ-  बागलुङ नगरपालिका–१ स्थित बागलुङ जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा ९६.३६ प्रतिशत मतदान भएको छ। कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार ५५ जना कैदीबन्दी र अस्थायी मतदातामध्ये ५३ जनाले मतदान गरेका हुन्। कारागार मतदान केन्द्रमा ५३ कैदीबन्दी र दुई जना कर्मचारी मतदाता थिए।

National Life

उनका अनुसार एक जना बन्दी कैद भुक्तान गरेर छुटेका र अर्का एक जना काठमाडौं स्थानान्तरण भएका कारण ५३ जनाले मात्र मतदानमा सहभागिता जनाएका हुन्।

मतदान सम्पन्न भए पनि दलका प्रतिनिधिसँग छलफलपछि केही बेरमै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइने पन्तले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

बागलुङ जिल्लाभर २३० मतदान केन्द्र रहेका छन् भने कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन्।

प्रतिकृया