• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

दोलखामा मतपत्र लुट्ने प्रयासपछि बुथ एजेन्ट प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १२:०९

२१ फाल्गुन,२०८२ दोलखा- दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। मतदानका क्रममा कर्मचारीमाथि हातपातको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मतदान रोकिएको हो।

National Life

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार हाल मतदान पुनः सुरु गर्ने विषयमा छलफल जारी रहेको छ।

उनका अनुसार बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको छ। केही दलका प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि स्थिति जटिल बनेको र त्यसपछि एजेन्टहरूलाई सुरक्षित ठाउँमा सारिएको उनले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया