• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

इरानको जवाफी हमलामा ३ अमेरिकी सैनिक मारिए

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार १०:१८

१७ फाल्गुन,२०८२ काठमाडौं – इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

सेनाका अनुसार इरानी हमलाका क्रममा तीन सैनिकको ज्यान गएको र पाँच जनाको अवस्था गम्भीर रहेको छ। यसबाहेक केही अन्य सैनिकहरू छर्रा लागेर सामान्य घाइते भएका जनाइएको छ।

Kamana Sewa

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बनेको छ। इरानले निरन्तर जवाफी हमला गरिरहेको छ। यही क्रममा इरानी आक्रमणमा अमेरिकी सैनिकहरू हताहत भएको पुष्टि भएको हो।

Classic Tech Desktop

अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ।

प्रतिकृया