• १३ असोज २०८३, मंगलबार
  • ८ः२१ राती

यी सवारी साधन चलाउन निर्वाचनको दिन चाहिँदैन पास

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ११:२३

१७ फाल्गुन,२०८२ काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका सवारी साधनहरूलाई अनुमति पत्र (पास) बिना सञ्चालन गर्न दिने निर्णय गरेको छ।

National Life

अत्यावश्यक सेवामा दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानी ट्याङ्कर, विद्युत् र ढल मर्मतका गाडी, दैनिक उपभोग्य वस्तु बोकेका सवारी, स्वास्थ्यकर्मीका गाडी, हवाई यात्रुका लागि यात्रीवाहक गाडी, अशक्त वा बिरामी व्यक्तिसँग सम्बन्धित सवारी तथा कूटनीतिक नम्बर प्लेटका गाडी समावेश छन्।

अन्य सवारी साधन सञ्चालनका लागि पास अनिवार्य रहेको छ। आयोगले सवारी पास वितरण सहज बनाउन ‘एकीकृत सवारीसाधन आवागमन डेस्क’ स्थापना गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया