• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

यस्तो छ आज देशभरको मौसम

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०९:२१

१७ फाल्गुन,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। उक्त प्रणालीका कारण देशका विभिन्न भू–भागमा आंशिकदेखि साधारण बदली तथा केही स्थानमा वर्षा/हिमपात भइरहेको छ।

विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लागेको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। तराईका थोरै स्थानमा तुँवालो देखिएको छ।

Kamana Sewa

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको छ। हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। साथै, कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

Classic Tech Desktop

आज राति पनि तराईका थोरै स्थानमा तुँवालो रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी र गण्डकीका पहाडी क्षेत्रसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। साथै, ती हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया