• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

रास्वपा नयाँ होइन, गफले देश बन्दैन : हर्क साम्पाङ

प्रकाशित मिति

२०८२ फाल्गुन १६ गते, शनिबार ०३:१४

१६ फाल्गुन,२०८२ ललितपुर- हर्क साम्पाङले श्रम संस्कृति पार्टीका अध्यक्षका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्ति नभएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूले आफूलाई नयाँ बताए पनि यसअघि नै सांसद र मन्त्री भइसकेकाले त्यसलाई नयाँ भन्न नमिल्ने दाबी गरे।

National Life

‘घण्टी बजाउँदै आएको दल पनि आफूलाई नयाँ भन्छ, त्यो नयाँ होइन,’ उनले भने, ‘त्यसको सभापति उपप्रधान तथा गृहमन्त्री भैसकेको हो। त्यसकारण त्यो दल नयाँ होइन।’ उनले गृहमन्त्री हुँदा सहकारी प्रकरणमा नाम मुछिएको प्रसंग उठाउँदै जीवी राई प्रकरणबारे प्रश्नसमेत गरे।

साम्पाङले लामिछानेलाई लक्षित गर्दै जीवी राईलाई पक्राउ गर्न किन नसकिएको भनी प्रश्न गरे। ‘कति पटक गृहमन्त्री भएपछि जीवीलाई पक्रेर ल्याउने त?’ उनले भने, ‘जीवीलाई पनि बदनाम मात्र गरिएको जस्तो लाग्छ। को हो जीवी राई, कहाँ गयो? केही गर्दैन। त्यही पार्टीका सांसदले किसान, गरिब र दुःखीको पक्षमा बोले?’

Classic Tech Mobile
Classic Tech Desktop

उनले पुराना दललाई भोट हालेर परिवर्तन नहुने दाबी गर्दै गफले मुलुक नबन्ने बताए। श्रम संस्कृति पार्टी श्रम गर्ने पार्टी भएको र श्रमबाटै मुलुक बन्ने उनको भनाइ थियो।

प्रतिकृया