• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

निर्वाचन राष्ट्रको स्वाधीनता र एकता जोगाउने जनमत सङ्ग्रह : प्रचण्ड

प्रकाशित मिति

२०८२ फाल्गुन १६ गते, शनिबार ०३:०७

१६ फाल्गुन,२०८२ काठमाडौं – पुष्पकमल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सामान्य हारजितको प्रक्रिया नभई राष्ट्रको स्वाधीनता र एकता जोगाउने जनमत सङ्ग्रहका रूपमा व्याख्या गरेका छन्। कपिलवस्तुको कृष्णनगरमा आयोजित क्षेत्र नम्बर ३ को चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सङ्कटमा धकेल्ने शक्तिहरूलाई परास्त गर्न र राष्ट्रिय एकताको पक्षमा उभिन मतदातासँग अपिल गरे।

सम्बोधनका क्रममा प्रचण्डले भदौ २६ गते राति आफू र माधवकुमार नेपाल राष्ट्रपति भवनमा बसेर अन्तरिम सरकार गठन गर्ने र ६ महिनाभित्र निर्वाचन गराउने समझदारी गरेपछि मात्रै राजनीतिक निकास सम्भव भएको दाबी गरे। सुरुमा निर्वाचनबाहेक अर्को लोकतान्त्रिक विकल्प नभएको अवस्थाबाट गुज्रिएको देश अहिले अनेक उतार–चढावका बाबजुद निर्वाचनमा होमिनु खुसी र गर्वको विषय भएको उनको भनाइ थियो।

Kamana Sewa

उनले यो निर्वाचन केवल एक उम्मेदवारलाई जिताउने र अर्कोलाई हराउने परम्परागत खेल मात्र नभएको जिकिर गरे। राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने र राष्ट्रलाई सङ्कटमा धकेल्न खोज्ने शक्तिहरूबीचको प्रतिस्पर्धाका रूपमा चुनावलाई चित्रण गर्दै उनले मतदातालाई सचेत रहन आग्रह गरे।

Classic Tech Desktop

एकातिर आन्दोलनरत जेनजीहरूको हत्या गर्ने प्रवृत्ति र अर्कोतिर सिंहदरबारदेखि देशका धरोहरहरू जलाउने प्रवृत्ति चुनावमा विभिन्न बहाना र तर्कसहित प्रतिस्पर्धामा आएको आरोप लगाउँदै उनले अतिवादी शक्तिहरूबाट सावधान रहन जनतालाई आह्वान गरे।

प्रतिकृया