• १४ असोज २०८३, बुधबार
  • १ः५९ राती

चुनावको मुखैमा रास्वपामा पहिरो, पार्टी त्याग्नेको संख्या बढ्यो

प्रकाशित मिति

२०८२ फाल्गुन १५ गते, शुक्रबार ११:३६

१५ फाल्गुन,२०८२ काठमाडौं – निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। देशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ता पार्टी परित्याग गर्ने क्रम बढिरहेको छ। हालै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राजु राईले पनि पार्टी छाडेको घोषणा गरेका छन्।

National Life

टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा लाग्ने बताएका छन्। रास्वपाले कास्की–१ बाट लेखक खडकराज पौडेल ‘गनेस’लाई उम्मेदवार बनाएको छ। टिकट वितरण र नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न तहका नेता–कार्यकर्ताले पार्टी छाड्ने घोषणा गरिरहेका छन्।

निर्वाचनको मुखैमा बढ्दो पार्टी परित्यागले रास्वपाको संगठनात्मक अवस्था र चुनावी रणनीतिमा असर पार्ने विश्लेषण गरिएको छ। पार्टी नेतृत्वले भने यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया