गगनकुमार थापाद्वारा एमाले र बालेन्द्र शाहको कडा आलोचना
प्रकाशित मिति
२०८२ फाल्गुन १४ गते, बिहीबार ०३:३२
१४ फाल्गुन,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने, “फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी छ। चुनाव घोषणा भएको दिनदेखि कांग्रेसले दायाँबायाँ नगरी काम गरिरहेको छ। चुनावमा सरकारलाई पनि साथ दिँदै ट्रयाकमा ल्याएर छोड्ने प्रयास भइरहेको छ। तर कांग्रेसबारे संसय उत्पन्न गर्न खोजिएको छ।”
उनले एमालेको भनाइप्रति पनि कटाक्ष गर्दै भने, “नेकपा एमाले भन्छ–भदौ संसद् भवन पहिले जलेको र त्यसपछि मात्र गोली चलेको। अर्कोतर्फ, केही नेता चुपचाप बसेर २३ र २४ गतेको घटनाबाट आफ्नो राजनीतिक लाभ खोज्छन्। नेपाली कांग्रेस यी दुवै प्रवृत्तिबाट भिन्न छ।”
थापाले भदौ २३ र २४ को घटनालाई नेपालको राजनीतिक दृष्टिकोणमा भिन्न तरिकाले हेरिएको बताउँदै कांग्रेसको स्थिति स्पष्ट पारेका छन्।







प्रतिकृया