एमालेको नेतृत्वले मात्र दाङको समृद्धि सम्भव : शङ्कर पोखरेल
प्रकाशित मिति
२०८२ फाल्गुन १३ गते, बुधबार ०१:४०
१३ फाल्गुन,२०८२ दाङ- शङ्कर पोखरेल, नेकपा (एमाले) महासचिव र दाङ क्षेत्र नम्बर २ का उम्मेदवार, ले दाङको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन्।
दाङको घोराही उपमहानगरपालिका–१३ मा आयोजित चुनावी सभामा पोखरेलले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको दाबी गरे। उनले विगतमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछि परेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याए।
पोखरेलले भने, “केन्द्रमा एमालेको उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन। यो निर्वाचनमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्नेछ।”
उनले दाङको पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिँदै बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनाको उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने उनले बताए।







प्रतिकृया