• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

अर्बौं खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्छ : केपी शर्मा ओली

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार ०२:५१

१० फाल्गुन, २०८२  काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्।

चुनाव स्थगित गर्न विभिन्न प्रयास भइरहेको दाबी गर्दै उनले एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए। “हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित हुन पनि सक्छ भन्ने प्रयास भइरहेका छन्, तर हामी अलमल नगरी विजयको तयारीमा लाग्छौं,” ओलीले भने।

Kamana Sewa

निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेको उल्लेख गर्दै अन्तिम समयमा आएर चुनाव नहुने कुरा उठाउनु गलत भएको उनको भनाइ छ। “६ महिनासम्म हामीले प्रयास गर्‍यौं, कसैले चासो दिएन। अब समय सकिन लाग्दा चुनाव हुँदैन भन्नु हुँदैन,” उनले भने।

Classic Tech Desktop

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै आधारहीन ‘जोडजामवाला पार्टी’ चर्को आगोमा उमालेको दूधजस्तै उम्लिएको टिप्पणी गरे। चुनाव नजित्ने देखेपछि झण्डा जलाउने र वातावरण बिथोल्ने गतिविधि सुरु गरेको उनको आरोप छ।

प्रतिकृया