• ४ साउन २०८३, सोमबार
  • ८:३७ बेलुका

ज्योति विकास बैंकका ग्राहकलाई रोयल क्लिनिङ सर्भिसेज सप्लायर्समा ५० प्रतिशत सम्म छुट

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार १०:२०

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज एन्ड सप्लायर्स प्रालि सँग आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सरसफाइ तथा सम्बन्धित सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

व्यावसायिक दक्षता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि भरपर्दो र प्रभावकारी सरसफाइ सेवा प्रदान गर्दै आएको छ । बैंकका ग्राहकले सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरानियन्त्रण (बेडबग), एसी सर्भिसिङलगायत विभिन्न सेवामा सहुलियत पाउनेछन् ।

Kamana Sewa

संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको यस विकास बैंकले नवीन सोचका साथ समाजको अभ्युदय र दिगो परिवर्तनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सामाजिक उत्तरदायित्वअन्तर्गत ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ ।

Classic Tech Desktop

नवजात शिशुको अकाल मृत्यु रोकथाम तथा जीवनरक्षाका लागि बैंकले अघि सारेको पहलमार्फत ७० वटा न्यानो नानी उपकरण सहयोग गरिएको छ, जसबाट हरेक वर्ष दुई हजार पाँच सय ९० भन्दा बढी नेपाली शिशुको जीवनरक्षा हुने विश्वास गरिएको छ । सामाजिक उत्तरदायित्वका यस्ता कार्यमा अग्रस्थानमा रहँदै बैंकले सकारात्मक परिवर्तनको बीजारोपण गर्दै आएको छ ।

गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको बैंकले हाल उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया