• ५ साउन २०८३, मंगलबार
  • ११:३५ बिहान

आम जनता पार्टीले दुर्गा प्रसाईंको बिना सर्त रिहाइको गर्‍यो माग

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार १०:३१

५ फाल्गुन, २०८२ काठमाडौं – आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाईं सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।

पार्टीका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति जारी गर्दै रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। विज्ञप्तिमा सरकार आलोचक र फरक धारका आवाजलाई निरुत्साहित गर्ने मनसायले पटक–पटक गिरफ्तारी र रिहाइको प्रक्रिया दोहोर्‍याइरहेको आरोप लगाइएको छ।

Kamana Sewa

विज्ञप्तिमा यस्तो कार्य सरकारको मर्यादा, परिपक्वता, विधिको शासन र लोकतन्त्रमाथिको प्रहार भएको उल्लेख छ। मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि आघात पुग्ने कार्य नगर्न पनि पार्टीले आग्रह गरेको छ।

Classic Tech Desktop

आजपाले प्रतिशोधपूर्ण गिरफ्तारी तुरुन्त निश्प्रभावी बनाई प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ।

प्रतिकृया