• ५ साउन २०८३, मंगलबार
  • १२:०८ बिहान

आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु

प्रकाशित मिति

२०८२ फाल्गुन ३ गते, आईतवार ०९:२४

३ फाल्गुन, २०८२ काठमाडौं – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोग नेपालले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम लागू गरेको जनाएको छ।

आयोगका अनुसार आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यसअन्तर्गत आजदेखि फागुन १७ गतेसम्म देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा मतदाता शिक्षा अभियान चलाइनेछ।

Kamana Sewa

कार्यक्रमका लागि प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी गराउनेछन्।

Classic Tech Desktop

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा सहभागिता बढाउने र बदर मत घटाउन सहयोग पुग्ने विश्वास आयोगको छ। आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईले कार्यक्रम सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रसँग सहकार्यको अपिल गरेका छन्।

प्रतिकृया