• १९ असोज २०८३, सोमबार
  • ७ः२७ बेलुका

वीरगन्ज भन्सारले सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८८ प्रतिशत मात्र पूरा

प्रकाशित मिति

२०८२ फाल्गुन ३ गते, आईतवार ११:३४

३ फाल्गुन, २०८२ काठमाडौं –  वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले सात महिनासम्म १ खर्ब ५३ अर्ब ८४ करोडको लक्ष्य राखेको भए पनि ८८.०७ प्रतिशत मात्र प्राप्त भएको हो।

National Life

सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भन्सार सङ्कलन यस अवधिमा उत्साहजनक रहेको छ। कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड, र पुसमा २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको थियो।

माघ महिनामा २१ अर्ब २९ करोडको लक्ष्य राखे पनि १८ अर्ब ९० करोड मात्र सङ्कलन भएको छ। भन्सार विभागले सम्पूर्ण वर्षका लागि वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया